व्यावसायिक घराना चौधरी ग्रुपले अन्तर्राष्ट्रिय होटल समूह मेरिअट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज-कार्लटन’ नेपाल ल्याउने घोषणा गरेको छ । यो नेपालको आतिथ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो लगानीमध्ये एक हुनेछ ।

सन् १९८३ मा स्थापित रिट्ज-कार्लटन ब्रान्डले हाल ३० देशमा १ सय ८ भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ ।
