संविधानविद् डा. विपिन अधिकारीले सरकारले हरेक कदम सोचविचार गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै उनले संयमता अपनाउन आग्रह गरेका हुन्।

‘सावधानीको नोट’ शीर्षकमा उनले लेखेका छन्, “क्षणिक प्रतिक्रियाभन्दा गहिरो सोचसहित लिइएका निर्णयहरू नै दीर्घकालीन रूपमा प्रभावकारी हुन्छन्। त्यसैले कुनै पनि विषयमा अघि बढ्दा पर्याप्त विचार गर्न आवश्यक छ।”
उनका अनुसार आज गरिने स्पष्ट र विवेकपूर्ण निर्णयहरूले भविष्यका लागि आत्मविश्वास निर्माण गर्न सहयोग पुर्याउँछ। साथै, उनले कार्की प्रतिवेदनलाई छिटो समाधानको माध्यमका रूपमा नहेर्नुपर्ने पनि उल्लेख गरेका छन्।
