२८ वैशाख,काठमाडौं । नेपालको चर्चित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम शृङ्खला ‘सीजी मेरिडिया’ अन्तर्गत नयाँ ड्रिप कफी मेकर सार्वजनिक गरेको छ। यसअघि बजारमा आएको एस्प्रेसो मेकरको अपार सफलतापछि कम्पनीले नेपाली बजारमा बढ्दो कफी संस्कृति र चिसो मौसमको मागलाई सम्बोधन गर्दै यो नयाँ उपकरण ल्याएको हो। विशेषगरी घर र कार्यालयमा क्याफेको जस्तै ताजा स्वाद खोज्नेहरूका लागि यो मेसिन एक उत्कृष्ट रोजाइ बन्ने देखिन्छ।
यो कफी मेकर ठूला परिवार र कर्पोरेट कार्यालयहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको छ। यसमा १.२५ लिटर क्षमताको आकर्षक ग्लास क्याराफे र ७५० वाटको शक्तिशाली मोटर जडान गरिएको छ, जसले निकै छोटो समयमा कफी तयार पार्छ। यसको अर्को मुख्य विशेषता भनेको यसमा रहेको वर्मिङ प्लेट हो, जसले कफी बनेको ४० मिनेट पछिसम्म पनि यसलाई ताजा र तातो राख्न मद्दत गर्छ।
सुरक्षा र सहजताका लागि यस मेसिनमा एन्टी-ड्रिप स्टप मेकानिजम, अटो-सट अफ, र बोइल ड्राई प्रोटेक्सन जस्ता स्मार्ट सुविधाहरू समावेश छन्। आकर्षक ब्ल्याक र सिल्भर प्रिमियम फिनिसिङमा उपलब्ध यो उपकरणले भान्सालाई थप आधुनिक बनाउनेछ।
उपभोक्ताहरूले यसलाई देशभरका २८ वटा सीजी डिजिटल शोरुम, आधिकारिक बिक्रेता र अनलाइन पोर्टल मार्फत खरिद गर्न सक्नेछन्। साथै, सीजीले आफ्ना ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत भरपर्दो बिक्रीपछिको सेवा दिने प्रतिबद्धता समेत जनाएको छ।
