२६ चैत,जनकपुरधाम : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ कायम थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी प्रतितोला १५० रुपैयाँले घटेर ४ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि बुधबार यसको मूल्य ५ हजार २५ रुपैयाँ थियो।
