नेपालको इतिहासमा कार्यकारी पदमा रहेका व्यक्तिलाई ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरिएको यो पहिलो घटना मानिएको छ। यसअघि पनि विभिन्न राजनीतिक गतिविधि तथा आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्रीहरू प्रहरी नियन्त्रणमा लिइएका उदाहरणहरू छन्, तर आपराधिक जाहेरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको घटना भने देखिएको थिएन।

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। गुण्डुस्थित निजी निवासबाट उनलाई नियन्त्रणमा लिइएको हो।
अपराध अनुसन्धान कार्यालय टेकुबाट एसएसपी सन्तोष खड्काको नेतृत्वमा पुगेको प्रहरी टोलीले निवासमै पुगेर उनलाई पक्राउ गरेको बताइएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले समेत उक्त पक्राउको पुष्टि गरेका छन्।
